|

धादिङ : धादिङको नौबिसे गाविस वडा नम्बर १ मा स्थित पृथ्वी राजमार्गमा आइतबार साँझ दुर्घटना भएको छ। नौविसे गाविस १ धार्केमा माइक्रोबस दुर्घटनामा एक बालकको मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

गोरखा जिल्ला घर भएका ७ वर्षीय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिमा गुडेको माइक्रोबसले ट्रकलाई ओभरटेक गर्न खोज्दा सोही ट्रकसंग ठोक्किएको हो। घाइते हुनेमा सबै माइक्रोबसमा सवार यात्रु रहेका छन्। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा आपसमा ठोक्किएको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सई रामचन्द्र घिमिरेले बताए।

सामान्य घाइते ६ जनाको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार गराइएको छ भने अन्य घाइतेको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.