|

नेपालगन्ज :  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन नेपालगन्जमा जलाएको छ। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन मधेसीको हित विपरित भएको भन्दै मोर्चाले आइतबार प्रतिवेदन जलाएको हो।

मोर्चाका नेता, कार्यकर्ताहरु नेपालगन्ज बजार परिक्रमापछि त्रिभुवन चोकमा भेला भएर प्रतिवेदन जलाएका हुन्। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन मधेस विरोधी भएकोले जलाइएको तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री पशुपति दयाल मिश्रले बताए।

उनले जनसंख्याको आधारमा स्थानीय निकाय गठन गर्नुपर्नेमा आफूहरुको मागलाई वेवास्ता गरी प्रतिवेदन तयार पारिएको हुँदा बाध्य भएर प्रतिवेदन जलाउन सडकमा उत्रिएको सद्भावना पार्टीका अध्यक्ष लक्ष्मीनारायण बर्माले बताए।

प्रतिवेदन अनुसारको स्थानीय निकाय कुनै पनि हालतमा मान्य नहुने बताउँदै उनले आयोगको प्रतिवेदन मधेस र मधेसी जनताको भावना विपरित भएको बताए। आयोगले बुझाएको प्रतिवेदन अनुसार स्थानीय निकायको निर्वाचन गरिए मधेसी दलले सहभागिता नजनाउने बताउँदै उनले निर्वाचन भए मोर्चाले बिथोल्ने संघीय समाजवादी फोरम नेपाल बाँके अध्यक्ष कमरुदीन राईले बताए।

विरोध कार्याक्रमा सम्बोधन गर्दै तमोलोपका अध्यक्ष गिरिजा पाठकले भने, ‘सरकार मधेस विरोधी नभएको भए वार्ताबाट समस्या समाधान हुने थियो।’ सरकारले मधेसी जनतालाई विदेशी जस्तै ब्यवहार गरेर दमन गरेको भन्दै आपत्ति प्रकट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.