|

  • बिदुर कटुवाल-

उदयपुर : उदयपुर सिमेन्ट उद्योगले स्थापना भएर नेपाल सरकारको स्वामित्वमा आएपछिको उत्पादनको रेर्कड तोडेको छ। क्षमता भन्दा निकै कम उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले शनिवार आफ्नो उत्पादनमा अत्यधिक सुकार गर्दै २४ घण्टामा ७०८ मेट्रिक टन क्लिङ्कर उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग भएपनि अहिलेसम्म यो क्षमतामा उत्पादन गर्न नसकेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए।

‘शनिबार २४ घण्टामा ७ सय ६ मेट्रिकटन उत्पादन गर्‍यो ’, पौडेलले भने, ‘८ सय मेट्रिक टन प्रतिदिन क्षमता भएपनि अहिलेसम्म गरेको थिएन।’ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको उद्योगले पानले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि उच्च परिणाममा उत्पादन गर्न सफल भएको उद्योगका महाप्रबन्धक पौडेलले बताए।

लोडसेडिङको अन्त्य भएसगै उद्योगले नियमित रुपमा उत्पादन गर्न थालेको हो। उद्योगमा नियमित विद्युत आपुर्ति भएपछि उद्योगले उत्पादनमा ब्रेक थ्रु गर्न सफल भएको उद्योगका नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेले बताए। उनले भने ‘उद्योगले यो सफलता पाउनु भनेको नियमित विद्युतको कारणले हो, हामीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई समेत धन्यवाद दिएका छौ।’

‘सिमेन्ट उद्योगको उत्पादन भनेको एयर (हावा) मा भर पर्नुपर्छ, हामीले एयरका सबै लिकेजहरुलाई मर्मत गरेका छौ’ नायव महाप्रबन्धक काफ्लेले भने। उद्योगले सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन (गियर) मा बारम्बार समस्या अहिले समाधान गरेको जनाएको छ। भारतबाट करिब २ करोडमा नयाँ मेसिन ल्याई जडान गरेपछि उद्योगको मुख्य समस्या समाधान भएको जनाएको छ। महाप्रबन्धकको प्रशासनिक व्यवस्थापन र कर्मचारी ट्रेड युनियनहरुको साथ सहयोगले उद्योगले सफलता हासिल गरेको उद्योगका मजदुरहरु बताउँछन्।

उद्योगको उत्पादनमा सुधार भएसगै प्रथम चौमासिकमा क्षमताको ५१ प्रतिसत उत्पादन गरिसकेका छ। उद्योगका अनुसार उत्पादन क्षमताको ३० प्रतिसत उत्पादन गर्दै आएको उद्योगले कात्तिक र मंसिर महिनामा प्रतिमहिना १० हजार मेट्रिक टन उत्पादन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.