|

दमक : झापाको बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी दोस्रो रमपम झापा गोल्डकपको उपाधिका लागि सोमबार मनाङ मर्स्याङ्दी र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय खेलाडीले भरिएको साथै यो सिजनकै उत्कृष्ट लयमा रहेको मनाङ र सशक्त प्रदर्शन गर्दै आएको घरेलु टोली झापा–११ उपाधिका लागि दिउसो साढे २ बजे मैदानमा उत्रिनेछन्।

विभागीय टिम आर्मीलाई हराउँदै मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो भने हिमालय शेर्पालाई पराजित गर्दै झापा–११ उपाधि होडमा उभिएको हो। यसअघि आइतबार भएको ‘प्री–कन्फरेन्स’मा दुवै टिमका कप्तानले उपाधि आफूले हात पार्ने दाबी गरे।

प्रतियोगिताको विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.