|

  • दिपक शर्मा

सल्यान : भालु आतंकका कारण सल्यानको तीन गावसिमा त्रास फैलिएको छ। कालिमाटी रामपुर, लक्ष्मीपुर र निगालचुलामा गाविसमा घरमै आएर भालुले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका हुन्। 

जसका कारण घाँस–दाउरा तथा मेलापात जासमेत डराउनु पर्ने अवस्था रहेको लक्ष्मीपुरका स्थानीय वीरबहादुर वलीले जानकारी दिए। कालिमाटी रामपुरमा ३ र लक्ष्मीपुरमा १ जना भालुको क्रमणबाट घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । 

स्थानीयका अनुसार साँझ ५ बजेपछि बच्चासहित भालु गाउँ पस्छ, त्यसपछि बाटोमा भेटिने जो कोहीलाई पनि आक्रमण गर्छ। ‘बाख्रा त कति खायो कति,’ वलीले भने, ‘आजभोलि त मानिसहरुमाथि नै आक्रमण गर्न थालेको छ। साना छोराछोरीलाई विद्यालय पठाउनसमेत डर लाग्छ।’ 

भालुले गाउँमा आएर मौरीका घारसमेत नष्ट गरिरहेको रामपुर ६ का चन्द्रबहादुर वलीले जानकारी दिए। जंगलमा खानेकुरा पाउन छाडेपछि भालु गाउँ पसेको उनको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.