|

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्नेहरूमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। मुस्लिम बाहुल्य ७ देशका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास एकपछि अर्को गर्दै अदालतले विफल पारिदिएपछि सुरक्षा अधिकारीलाई उनले यस्तो निर्देशन दिएका हुन्।
अदालतले आफ्नो अभियानमा लगातार अवरोध गरिरहेको भन्दै ट्रम्पले कुनै गम्भीर घटना भए सम्बन्धित न्यायाधीश र अदालती पद्धतिलाई दोषी ठहर्‍याउने चेतावनी दिएका छन्। आफ्नो निर्देशनविरुद्ध अन्तरिम आदेश जारी गर्ने संघीय अदालतको निर्णयविरुद्ध ट्रम्प प्रशासनले गरेको अपिल पुनरावेदन अदालतले आइतबार खारेज गरेको थियो। 

ट्रम्पले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट ९० दिनसम्म कोही पनि अमेरिका प्रवेश गर्न नपाउने कार्यकारी आदेश जारी गरेका थिए। उनको आदेशसँगै अमेरिकी सीमा क्षेत्रबाट प्रवेश गर्नेहरूमाथिको जाँच कडा पारिएको बीबीसीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.