|

उदयपुर : उदयपुरमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको अभाव भएको छ। 

गत शुक्रबार र शनिबार त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा रहेका १२ भारतीय र एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उत्पन्न परिस्थितिका सामाना गर्न स्वास्थ्य र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री र जनशक्तिको अभाव भएको हो।

स्वास्थ्यकर्मी परिचालन गर्नका लागि आवश्यक सुरक्षा कवज पिपिई, सेनिटाइजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मगन जस्ता उपकरणहरु अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

‘प्रदेश सरकारले पठाएका सामाग्रीले अहिलेसम्म चलायौँ,’ प्रमुख सुवेदीले भने, ‘एकैपटक धेरैमा संक्रमण देखापरेपछि त्यहीँअनुसारको जनशक्ति परिचालन गर्न स्वास्थ्यकर्मी र सुरक्षा सामग्री अभाव भएको हो।’

संक्रमितहरु गएको ठाउँ, भेट गरेका व्यक्ति र मस्जिद नजिकै रहेका वस्तीका सबैको ¥यापिड टेष्ट गर्नलाई आवश्यक सामग्री र स्वास्थ्यकर्मी अभाव भएको र भएका केही सीमित सामाग्रीहरुबाट काम चलाइएको सुवेदीको भनाइ छ।

यसअघि आएको १३० थान पिपिई सबै स्थानीय तहलाई उपलब्ध गराइसकेकोे उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.