|

सल्यान :  कुमाख गाउँपालिका ३ रागेचारैका  ओपेन्द्र बुढाथोकी पेशाले शिक्षक हुन। उनी  कुमाख गाउँपालिकाको एक  प्राथमिक विद्यालयमा अध्ययापन गराउँदै आइरहेका थिए। बिहानै खेतबारीको काम गर्नु  र बेलुका अबेर घर  फर्किनु उनको दैनिकी थियो। 

कक्षा चहार्दै लखतरान भएर घर फर्किंदा घरका सदस्यहरुबीच खुलेर घरायसी विषयमा छलफल गर्ने मौका मिलेको थिएन्। परिवारका सदस्यहरुसँग निकट रहन, खेल्न र रमाउने मौका पनि कमै थियो।

शनिवारको एकदिन पनि सामाजिक भेटघाट कतै मिटिङ जसका कारण सदस्यरुसँग समय विताउने अवस्था नै थिएन्। तर, अहिलेको बन्दाबन्दीले उनीहरुको परिवारमा नयाँ अवसर दिएको छ। घरका परिवारसँग छलफल गर्ने, सँगै परिवारका सदस्य बसेर मिठोमसिनो खाने  समय मिलेको छ।

पढाउने र अन्य काममा यति व्यस्त भइयो कि घरमा परिवारसँग खाना खाजा बनाउने पनि रमाइलो हुने रहेछ। बन्दाबन्दीको अवधिमा धेरैले काम सिक्ने र सिकाउने मौका प्राप्त हुनुका साथै परिवारलाई बुझ्ने मौका पनि रहेको उनको भनाई छ।

यस्तै सुशीला केसीको दैनिकी यतिबेला फेरिएको छ। सुर्खेतमा डिप्लोमा सिभिल इन्जिनियर प्रथम वर्षमा अध्ययरत केसी गाउँ फर्किए पछि घरपरिवारमा व्यस्त हुन थालेकी छन्। सुर्खेतको डेरामा बस्दा कलेजको समयमा कलेज जाने आउने र त्यसपछि डेरामै अध्ययन गरेर बस्ने गरेकी सुशिला गाउँ आएपछि घरपरिवारसँगै मेलापात गरेर वित्ने गरेको छ।

यतिबेला गाउँघरमा मल बोक्नने, खेतीपाती लगाउने र पाकि सकेको खेती भित्र्याउने चटारोमा छन्। किसान यहि चटारोको मेसोमा गाउँ आएकी सुशिलाले घरपरिवारसँगै  खेतबारीमा काम गरेर परिवारलाई सहयोग गर्ने गरेको बताइन।

अरुबेला गाउँ आउँदा छरछिमेकीसँग भेटघाट लागि गाउँ डुल्ने गरेकी उनी यतिबेला भने परिवारमै सिमित रहेकी छन्। उनले भनिन्, 'अरुबेला घरमा आउँदा साथीहरुसँग घुम्ने गाउँ डुल्ने र आफन्तहरुसँग भेटघाट गर्ने गरिन्थ्यो यतिबेला कोरोना भाइरस संक्रमणको त्रासले घरमै बस्ने र परिवारसँगै घरको काम गरेर दिन बिताउने गरेकी छु।'

परीक्षा हुँदा हुँदै बिचमै रोकिएकाले बाँकी परीक्षाको टुंगो नभए पनि फुर्सदमा पुस्तक अध्ययन गर्ने शिक्षकको निममित सम्पर्कमा रहेको बताइन्।

लकडाउनको समयमा कोही छोराछोरीसँग समय विताउदै छन् भने कोही करेसाबारीमा तरकारी उमार्न व्यस्त छन्। कोही  पुस्तकका पाना पल्टाइ रहेका छन्। दैनिक कोर्षको किताब मात्र विद्यार्थी पढाई रहदा दिक्क मानेका  शिक्षक टिकाराम लामिछाने बाह्रय पुस्तक अध्ययन गर्न व्यस्त छन्। कोरोना भाइरसका कारण केही पीडाको अनुभूति भएपछि लकडाउनलाई उपयोग गरी रहेको लामिछाने बताउँछन्।

साँझ बिहान करेसाबारीमा तरकारी गोडमेल र दिउसो विभिन्न लेखकहरुले लेखेका उपन्यास, कथा अध्ययन गरी रहेको आफ्नो दैनिकि बताए। करेसाबारीको तरकारी, फलफूललाई नजिकबाट नियाल्ने मौका पाएको पनि उनले सुनाए। 'बारीमा काम गर्न असाध्यै मनपर्छ', लामिछाने भन्छन्, 'सरकारले घोषणा गरेको  लकडाउनले मलाई त घर परिवारसँग रमाउन अवसर दिएको जस्तो लागि रहेको छ।'

कृषि र घरपरिवार बना मानिसको जीवन सम्भव छैन भन्ने उनको बुझाई छ। आफ्नो दैनिकीलाई घरपरिवार माँझ बिताउन पाउँदा निकै हर्षित भएको बताउँछन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.