|

बैतडी : लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका ३ जना किरियापुत्री बाबु बितेका चार दिनपछि बुधवार नेपाल प्रवेश गरेका छन्‌। 

जिल्लाको पुर्चौडी नगरपालिका ३ का प्रेम धामी, अम्मर धामी र राम धामी बाबु बितेको चार दिनपछि नेपाल प्रवेश गरेका हुन्‌। नेपाल प्रवेश गरेका किरियापुत्रीका बाबु उजले धामीको आइतबा मृत्यु भएको थियो।

बाबु बितेको चार दिन भयो, तीन छोरा भारतमै, नेपाल आउने अनुमति पाएनन्‌

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिस्ट्रिक मजिस्ट्रेड (डिएम)सँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल आज नेपाल फर्काइएको हो। नेपाल फर्काईएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ। उनीहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए।

मजदुरी गर्न भारतको पिथौरागढ गएका उनीहरू कोरोना संक्रमण फैलिएपछि नेपाल फर्कँदै गर्दा लकडाउनका कारण भारतमै रोकिएका थिए। भारतीय क्वारेन्टाइनमै बसिरहँदा यता नेपालमा उनीहरूका बाबुको मृत्यु भएको थियो। 

मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया सुरू गरेको अमरसिंह धामीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.