|

सेन्याङ : पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष छ महिनाको जेल सजाय तोकेको छ। 

किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीन जनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ। 

कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र (डिटेक्टर) को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवाना तोकेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.