|

दमक : धिमाल जातीय विकास केन्द्र झापाको नयाँ नेतृत्व चयन भएको छ। दमकमा सम्पन्‍न पाँचौ जिल्ला अधिवेशनले नेत्रकुमारी धिमालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। 

नवगठित समितिका उपाध्यक्षमा अर्जुन धिमाल, सचिवमा मणिराज धिमाल, सहसचिवमा पवित्रा धिमाल र कोषाध्यक्षमा डम्बर धिमाल छन्। केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गरी संस्थाको जिल्ला कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन गरिएको जानकारी दियो। 

संस्थाकी नवनिर्वाचित अध्यक्ष नेत्रकुमारीले सिमान्तकृत धिमाल समुदायलाई राज्यका सबै क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधित्व दिलाउनका लागि आफुले संघर्ष गर्ने बताइन्। केन्द्रका अनुसार जिल्लामा करिब २६ हजार धिमालमध्ये दमकमा मात्र १६ हजार धिमाल छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.