भक्तपुर : कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन(बन्दाबन्दी) ३१ औं दिनमा जारी छ। लकडाउनले व्यापार व्यवसाय प्रायः ठप्प छन्। केही आंशिकरुपमा खुलेका छन्।
सरकारले लकडाउनलाई पुर्ण पालनागरी अनावश्यक काममा घर बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ।
लकडाउनले सबैतिर सुनसान भएपनि भक्तपुरका खेतबारीमा भने किसानहरुको चहलपहल घटेको छैन। यतिबेला हिउँदे आलु खन्ने, सागसब्जीका बीउबिजन बारीबाट उठाउने तथा गर्मी मौसमका कारण हरियो तरकारी छिटो हुर्कने समय हो। कतै मकै छर्ने तयारी हुँदैछ भने, कतै मकै गोड्ने बेला भएको छ। केही दिनमा गहुँ काट्ने समय शुरु हुन्छ।
लकडाउनका कारण घरमै बस्दा वर्षभरीको लागि जोहो गर्नुपर्ने तरकारी बीऊबिजन खेर जाने चिन्ता किसानहरुमा छ। अहिले असिना पानीको मौसम भएका कारण बेलैमा आलु नखने खेतमै कूहिन सक्ने किसानहरू बताउँछन्। त्यसैले लकडाउनको समयमा पनि किसानहरुको मन घरमा बन्दी हुन सकेको छैन। उनीहरु लकडाउनको प्रवाह नगरी खेतबारीमा मस्त छन्।
फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।