|
Photo : bbc.com

लिब्रीभिल्ली : फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टयाउँदै क्यामरुनले पाँचौपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। वैकल्पिक खेलाडी भिसेन्ट अबोउबकरले निर्धारित समयको खेल सकिनुभन्दा २ मिनेटअघि क्यामरुनबाट निर्णायक गोल गरे।

खेलको २२ औं मिनेटमा इजिप्टबाट महोमद्द इलनेनीले सुरुवाती गोल गरेका थिए। पहिलो हाफमा १-० ले पछि परेको क्यानरुनलाई खेलको ५९ मिनेटमा निकोलास एनकोउलोउले बराबरीमा फर्काएका थिए।

क्यामरुनले १५ वर्षपछि अफ्रिकाको सबैभन्दा ठुलो प्रतियोगिता जितेको हो। गाबोनमा भएको यस संस्करणको प्रतियोगितामा १६ टिम सहभागी थिए। जीतसँगै क्यामरुनले सन् आगामी जुनमा रुसमा हुने फिफा कन्फेडेरेशन कपमा सहभागी हुने अवसर पाएको छ।

उपाधि विजेता क्यामरुन अफ्रिका कप अफ नेसन्सको इतिहासमा सफल टोलीको सूचिमा दोस्रो स्थानमा छ। यसअघि सन्  १९८४,१९८८,२००० र २००२ मा क्यामरुनले उपाधि जितेको थियो।


फाइनलमा पराजित भएको इजिप्ट प्रतियोगिताको सबैभन्दा सफल टोली हो। उसले अहिलेसम्म ७ उपाधि जितेको छ। इजिप्टले सन् १९५७,१९८६,१९९८,२००६,२००८ र २०१० मा उपाधि जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.