|

लण्डन : पूर्व गोर्खा सैनिक मिनबहादुर शेरचनले ८६ वर्षको उमेरमा सगरमाथा चढ्दै आफ्नो गुमेको किर्तिमान फिर्ता गर्ने बताएका छन्।

उनले सन् २००८ मा पछिल्लो समय सगरमाथा आरोहण गरेका थिए। त्यतिबेला शेरचन ७७ वर्षका थिए। सन् २०१३ मा जापानका युइचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरेर शेरचनको किर्तिमान भंग गरिदिए।

पूर्व सैनिक शेरचनले फेरि सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेख्ने बताएका छन्। उनले मिरर डट को डट यूकेसँग भनेका छन्,' मेरो किर्तिमान भंग गर्ने युइचिरो मिउराप्रति मेरो ठुलो सम्मान छ। तर म अझै फिट छु र सगरमाथा चुमेर आफ्नो रेकर्ड फिर्ता गर्न चाहन्छु।

उनले आफुलाई फिट राख्न गहुंगो भारी बोकेर दैनिक लामो समय हिड्ने गरेको बताएका छन्। 'म मेरो उपाधि नेपाल र गोर्खा ब्रिगेडका लागि फिर्ता गर्न चाहन्छु।'

शेरचनले सन् २०१५ र २०१६ मा पनि सगरमाथा आरोहणका लागि तयारी गरेका थिए। तर भूकम्पका कारण सन् २०१५ मा उनी बेस क्याम्प नजिक पुगेर फर्किए।

१७ वर्षको उमेरमै बेलायती सैनिक बनेका मिन अहिले एल्डरसट हान्टमा बस्छन्। उनले आफ्नो विश्‍व किर्तीमानी प्रयासका लागि रकम संकलन गर्न थालिसकेका छन्।

वार्षिक रुपमा झन्डै ८ सय जनाले सगरमाथा आरोहणको प्रयास गर्ने गरेका छन्। अहिलेसम्म ४ हजारभन्दा धेरै व्यक्ति सगरमाथाको शिखरमा पुगिसकेका छन्। 

मिरर डट को डट यूकेबाट                                                                                                                    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.