|

जनकपुर : रामस्वरुप रामसागर बहुमुखि क्याम्पसमा.स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरी अनियिमित किसिमले विद्यार्थी भर्ना गरेको भन्दै विद्यार्थीहरुले धर्ना दिएका छन्। 

समाजवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुको नेतृत्वको सहितको टोलीले गत शुक्रबारदेखि लगातार रुपमा दुई घण्टा धर्ना दिदै आएका छन्। फाल्गुन १७ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरेर क्याम्पस प्रशासनसँगको मिलोमतोमा अनियमित किसिमले विद्यार्थी भर्ना भएको उनीहरुको आरोप छ। 

क्याम्पस प्रमुखको कार्यकक्ष अगाडी अवैधानिक रुपमा गरिएको भर्ना खारेजीको मागसहित उनीहरु तीन दिनदेखि धर्नामा छन्। उनीहरुले अनियमित किसिमले भएको विद्यार्थी भर्ना रद्द गर्नपर्ने, भर्ना गर्ने गराउनेलाई कारबाही हुनुपर्ने सहितका माग राखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.