|

ताप्लेजुङ : लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ताप्लेजुङका ६ सय ४८ नागरिक शनिबार बिहान गृह जिल्ला आइपुगेका छन्। लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेको भन्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आवश्‍यक समन्वय गरी उनीहरूलाई गृह जिल्ला पठाएको थियो।

उनीहरू २१ वटा यात्रुवहाक बसमा घर फर्किएका हुन्। शहरमा रोग र भोक दुवैको उत्तिक्कै त्रास बढेपछि दुख सहेरै पनि गाउँ फर्किएको उनीहरूको भनाइ छ।

शुक्रबार बेलुका नै पाँचथर आइपुगेका उनीहरुलाई बिहान ताप्लेजुङ पाँचथरको सिमानामा पर्ने काबेलीमा रहेको हेल्थडेक्समा सामान्य स्वास्थ्य परीक्षणपछि मात्रै गृह जिल्ला प्रवेश गराईएको थियो।

परीक्षणपछि सदरमुकाम फुङलिङ साथै बहानन्दे लगायतका ठाउँबाट उनीहरू सिधै घर फर्किएको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले बताए। उनका अनुसार कतिपय सम्बन्धित गाउँपालिकामा रहेका क्वारेन्टाइनमा रहनेछन् भने नपुगेको अवस्थामा घरैमा सुरक्षित बस्नेछन्। 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.