|

काठमाडौं :  बेलायतमा भइरहेको ब्रिटेन्स गट ट्यालेन्टमा नेपाली भीम निरौलाले सहभागीता जनाएका छन्। ६ वर्ष अगाडि ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर चर्चामा आएका थिए ५४ वर्षीय निरौलाले कार्यक्रममा आफ्‍नै सिग्‍नेचर गीत गाएर दर्शकलाई मनोञ्‍जन दिएका छन्।

हाल बेलायतमा बस्दै आएका भीमले शोमा भाग लिएका हुन्। उनको गायनलाई  निर्णायकमध्येका एकले सुरुमै  असन्तुष्टि प्रकट गरेर बर्जर बजाएका थिए।

तर, निरौला रोकिएनन्। उनले गीत गाएर अन्य निर्णायक र दर्शकलाई मनोरञ्‍जन प्रदान गरे।  दर्शक, निर्णायक र उद्घोषकको हुटिङले उनी झन् उत्साहित हुँदै गीत गाएका थिए। कार्यक्रमका संचालकहरु उनीसँगै नाच्न स्टेजमा पुगेको भिडियो अहिले भाइरल भइरहेको छ।

हरेक वर्ष हुने उक्त कार्यक्रममा विजेताले शाही परिवारसामू सांगीतिक प्रस्तुति दिन पाउनेछन्।  साथै, दुई लाख ५० हजार पाउण्ड पनि जित्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.