|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्। 

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर अनुसन्धान गरिरहेको ट्रम्पले दावी गरेका छन्।

'हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,' ट्रम्पले भने, 'तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो।'

पहिलोपटक उहानमा कोरोना संक्रमण देखिएपछि ट्रम्पले चीनमाथि लगातार भड्काउ टिप्पणी र आलोचना गरिरहेका छन्। कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले आफ्नै देशमा मानवीय हताहति भइरहँदा पनि सुरक्षाका लागि पहल गरेका थिएनन्। 

तर यतिखेर आएर ट्रम्पले महामारी नियन्त्रण गर्न पहिले नै आफुले अमेरिकाको सिमाना चीनका लागि बन्द गरिदिएको बताएका छन्। विशेषज्ञहरुले चाहिँ अमेरिकासँग महामारी नियन्त्रणका लागि पर्याप्त समय भएपनि ट्रम्प प्रशासनले नियन्त्रण गर्ने अवसर गुमाएको बताइरहेका छन्। 

कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १० लाख भन्दा बढी संक्रमित भेटिएका छन्। ती मध्ये ५६,८०३ जनाको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.