|

पोखरा : लेखनाथ उद्योग वाणिज्य सङ्घ, कास्कीको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने १३औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ। 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिए। लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर १५ करोडदेखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवबाट करिब रु ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवर्द्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.