|

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पूरा भएको छ। चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनियाँ पर्यटकहरूको आवतजावत बाक्लो नै थियो। त्यस्तै युरोप, अरब खाडिका देश तथा भारतबाट आउने संख्या पनि कम थिएन। गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालको हावापानी, आहारविहार, परम्परा, चालचलन कोरोना भाइरसको अनुकूल देखिएको छैन। अन्य देशको तुलनामा नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ। हाम्रो क्षमतामा हामीले शंका गर्नु जरुरी छैन।

यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य, जनवरी र फेब्रुवरीमा कोरोना संक्रमण फैलिएको हुनसक्छ। त्यो समयमा अधिकांश नेपालीलाई असाध्यै कडा रुघाखोकी, ज्वरो लगायतको समस्या फैलिएको थियो। हामीले मौसमी रुघाखोकीको रुपमा बुझेको त्यो बेलाको रुघाखोकी निको हुन धेरै दिन लाग्ने प्रकृतिको थियो।

अन्य वर्षभन्दा त्यो बेलाको रुघाखोकीमा श्वास फेर्न गाह्रो हुने, बान्ता तथा पखाला लाग्ने प्रकृतिको थियो। तसर्थ नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ। यसबाट अधिकांश नेपाली इम्युन भएको हुनसक्छ। यो अनुसन्धानको पक्ष हो। नेपालमा र्‍यापिड टेस्ट गर्दा हजारौं जनामा पोजिटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुनसक्छ।

कोरोना संक्रमण एकपटक निको भएपछि ५-१० प्रतिशत जनसंख्यामा पुन: देखिन सक्छ। तर, त्यो घातक हुँदैन। निको भएपछि पुन: संक्रमण हुने केसमा एकै परिवारका १-२ जनालाई लाग्न सक्छ तर अरूलाई नलाग्न पनि सक्छ। हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ। अर्को के अनुमान गर्न सकिन्छ भने नेपालमा फैलिएको मौसमी रुघाखोकीमा मिसिएको भाइरस कोरोनाभन्दा कडा थियो कि? कडा भन्नाले घातक मात्र होइन।

त्यस्तै, नेपालमा पहिले फैलिएको कोरोना संक्रमण कमजोर स्ट्रेनको हुनसक्छ। त्यो समयमा सरकारी तथा निजी अस्पतालमा कति जनाको मृत्यु भएको थियो भनेर मृतकको तथ्यांक तथा रोगको प्रकृति अध्ययन गर्न आवश्यक देखिन्छ। नेपालमा संक्रमण देखिएका पहिला २-४ केसबाहेक कुनै पनि व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन्। एकजना पनि संक्रमित आइसियु तथा भेन्टिलेटरमा बस्नु परेको छैन।

जोखिम उमेर तथा अवस्था भएका २ जना ६५ वर्षीय र एकजना ८१ वर्षीय संक्रमित सजिलै निको भएर घर फर्किएका छन्। विदेशमा संक्रमण भएर नेपाल आएका अधिकांश व्यक्तिहरुको प्राय : २८ – ३५ दिनमा रोग पत्ता लागेको छ।

छिमेकी देशहरुमा लक्षणविहीन कोरोना संक्रमण देखिएको छ। नेपालमा पनि लक्षणविहीन कोरोना संक्रमण समुदायमा हुनसक्छ। लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन। कारणवश फैलिए पनि नेपालमा मृत्यु हुने संख्या नगण्य हुने अनुमान गर्न सकिन्छ।

ती बिरामी पनि लक्षण देखिएर वा अस्पताल पुगेर जाँच गरिएका थिएनन। स्थानीयको उजुरी वा खोजबिन गरेर जाँच गर्दा, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको जाँच गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

यसबाट के बुझिन्छ भने उनीहरु अधिकांश निको हुन लागेको अवस्थामा थिए।  अर्को अनुमान के गर्न सकिन्छ भने नेपालमा हाल देखिएको कोरोना भाइरस म्युटेसन हुँदै अत्यन्तै कमजोर प्रजातिको हुनसक्छ। अहिले संसारमा कोरोना संक्रमण झन्डै ५० प्रतिशत (Asymptomatic) अर्थात लक्षणविहीन देखिएको छ।

छिमेकी देशहरुमा लक्षणविहीन कोरोना संक्रमण देखिएको छ। नेपालमा पनि लक्षणविहीन कोरोना संक्रमण समुदायमा हुनसक्छ। लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन। कारणवश फैलिए पनि नेपालमा मृत्यु हुने संख्या नगण्य हुने अनुमान गर्न सकिन्छ।

नेपालको हावापानी, आहारविहार, परम्परा, चालचलन कोरोना भाइरसको अनुकूल देखिएको छैन। अन्य देशको तुलनामा नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ। हाम्रो क्षमतामा हामीले शंका गर्नु जरुरी छैन।

लकडाउनलाई सुरक्षित अवतरण गर्ने, सामाजिक दुरी कायम गर्ने, परीक्षणको दायरा बढाउने, पोषिलो खाना खाने, सरसफाइमा ध्यान दिने, व्यायाम/ योग/ ध्यान गर्ने, तनाव व्‍यवस्थापन गर्ने तथा सिमाना पूरै नियन्त्रण गर्ने हो भने नेपाल तथा नेपाली आन्तरिक रुपमा अत्यन्तै मजबुत छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.