|

दमक : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको जिल्ला अधिवेसनबाट अम्मरबहादुर विष्ट अध्यक्ष चुनिएका छन्। 

बिर्तामोडमा भएको अधिवेसनले अध्यक्षमा विष्टसहित ३२ सदस्यीय कार्यसहित चयन गरेको छ। आगामी केही दिनभित्र जिल्ला नयाँ कार्यसमितिले पदाधिकारीकारीहरुको चयन गर्ने जानकारी पार्टीले दिएको छ। 

एकता अधिवेशनको उद्घाटन राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले गरेका थिए। उनले आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्‍ने दाबी गरे। उनले जनताको भावनालाई आफ्नो पार्टीले मात्रै सम्बोधन गर्ने दाबी गरे।

महामन्त्री लिङदेनले निर्वाचनको तायरीमा लाग्‍न कार्यकर्ताहरुलाई निर्देशन दिए। कार्यक्रममा राप्रपाका केन्द्रिय सह–महामन्त्री राम थापा, राजेश गिरी, केन्द्रीय सदस्यहरु राजकुमार पोख्रेल, भक्ति सिटौला, लक्ष्मी संग्रौला लगायतले शुभकामना मन्तव्य दिएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.