|

सल्यान : सल्यानमा एक वृद्धाको हत्या भएको छ। सल्यान वागचौर नगरपालिका वडा न ३ खाली बेसमारेमा ६० वर्षीया वृद्धाको मंगलबार दिउँसो हत्या भएको हो। बेसमारेमा रहेको आफ्नै कोठमा बसिरहेको समयमा उनको हत्या भएको स्थानीय भीमबहादुर भण्डारीले जानकारी दिए। 

हत्यामा संलग्नताको अभियोगमा प्रहरीले स्थानीय १९ वर्षीय दीपक भण्डारीको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ। घरभित्र राखेको सुन चोर्न आएको समयमा देखेपछि वृद्धाको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.