|

कोरोना (कोभिड–१९) संक्रमितको उपचार गर्न अमेरिकाले इबोलाविरुद्धको औषधी लगाउने स्वीकृति दिएको छ। 

त्यहाँको 'फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)' ले कोरोना संक्रमितको उपचारका क्रममा इबोला संक्रमितलाई दिने गरिएको रेमडेसिवियर नामक औषधी प्रयोग गर्न अनुमति दिएको हो। यो औषधी आपत्तकालिन अवस्थामा प्रयोग गर्न भनिएको छ। 

अब अमेरिकी चिकित्सकहरुले अस्पताल भर्ना गरिएका कोरोना संक्रमित बिरामीहरुलाई इबोलाविरुद्धको यही औषधी दिनेछन्। हालै गरिएको परीक्षणमा इबोलाविरुद्धको यो औषधी प्रयोग गर्दा संक्रमितको उपचारअवधि घटेको पाइएको बीबीसीले जनाएको छ।

आपत्तकालका लागि औषधी प्रयोग गर्न दिने भनिएपनि यो औपचारिक अनुमोदनसरह भने होइन। इबोलाका लागि विकास गरिएको औषधी कोरोना भाइरस उपचारमा प्रयोग गर्दा कुनै जादुयी नतिजा ननिस्कने विज्ञहरुले बताएका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बैठकका क्रममा इबोलाको औषधी प्रयोग गर्नेबारे छलफल भएको थियो। एफडीएका आयुक्त स्टेफेन हानले यो निर्णय भएसँगै आफूहरु निकै खुशी भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.