|

अमेरिकाले कोरोना भाइरसको संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको छ। 

रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि हो। विज्ञहरूले कोरोना विरामीहरू यो औषधिले पूर्ण रूपमा  निको हुनेछन् भनेर अहिले नै दाबी गर्ने अवस्था नरहेको बताएका छन्।

तर अझै यो औषधिले कति फाइदा दिन्छ यकिन नभएको र निको भए अन्य देशहरूले पनि यसको फाइदा लिन सक्ने बताइएको छ। अहिलेसम्म कोरोनाको संक्रमणविरुद्धको खोप पत्ता लाग्न सकेको छैन। यसअघि मलेरियाको औषधिले निको हुन्छ भनेर परीक्षण गरिए पनि असफल भएको थियो। 

अमेरिकाको एक मेडिकल सेन्टरमा भएको परीक्षाणले मलेरियाको औषधि हाइड्रोक्लोरोक्विनले कोरोना भाइरसको संक्रमण निको नपार्ने प्रमाणित भएको थियो। 

३६८ कोरोना संक्रमितमा गरिएको परीक्षणमा ९७ कोरोना संक्रमितले हाइड्रोक्लोरोक्विनको प्रयोग गरेका थिए। जसमा मृत्यु दर २७।८ प्रतिशत थियो। जबकी १५८ कोरोनाका बिरामी जसमा हाइड्रोक्लोरोक्विनको प्रयोग गरिएको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.