पीडितलाई राहतको आस

|

ताप्लेजुङ : गृहजिल्ला ताप्लेजुङमा गत शुक्रबार राति भएको आगलागी क्षेत्रको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराईले निरीक्षण गरेका छन्। आइतबार बिहान ताप्लेजुङ आएका मन्त्री भट्टराईले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले अनुगमनपछि स्थानीय सरोकारवालासँग छलफलसमेत गरेका थिए। उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफलमा मन्त्री भट्टराईले ताप्लेजुङलाई आगलागी, बाढी, पहिरोसहित प्राकृतिक जोखिमलाई न्यूनीकरण गर्न सरकारले विषेश कार्यक्रम ल्याउने बताए।

उनले अहिले भएको आगलागीपछि पुनर्स्थापना र अन्य राहत सहयोगमा समेत आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धदता व्यक्त गरे। मन्त्री भट्टराईले ताप्लेजुङ भौगोलिक हिसाबले बाढीपहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा जोड दिए।

ऋण मिनाह गरिदिन पीडितको आग्रह

यता आगलागीपीडितहरुले भने सरकारसमक्ष बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरेका छन्।

पुनः घर तथा व्यवसाय सुरु गर्दा सहुलियत व्याजमा ऋणको व्यवस्था, कर छुटको व्यवस्था र नगरक्षेत्रमा दमकलको थप व्यवस्थाका गर्न समेत माग गरेको आगलागीपीडित यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए।

आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागिको घटना हुनेमा अग्रस्थानमा रहेको बताउँदै प्राधिकरणले स्थानिय तहसँग समन्वय गरि उचित कार्यलाई अघि बढाउने जानकारी दिए।

शुक्रबार भएको आगलागीले यहाँका सानाठूला गरी १० वटा घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन्। यस्तै, ७ करोड ६५ लाख बढिको क्षति भएको अनुमान गरिएको छ।

हेलिकोप्टरमार्फत बिहान काठमाडौंबाट ताप्लेजुङ आएका मन्त्री भट्टराई सहितको टोलीले सुकेटार विमानस्थलको धावन मार्गको समेत अवलोकन गरेको थियो।

सुकेटार विमानस्थलमा अहिले स्तरोन्नतिको काम भइरहेको छ। सुकेटार विमानस्थलको अवलोकन र आगलागी प्रभावित क्षेत्रको निरीक्षणपछि सदरमुकामस्थित घरमा पुगेर आमालाई भेटी मन्त्री भट्टराई काठमाडौं फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.