|

सिन्धुपाल्चोक : ‘म कक्षा ६ मा पढ्छु। केटी १० कक्षामा पढछिन्। स्कूल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन्। मलाई किन नामर्द भनेको हो थाहा छैन। तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो। त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरे।’

एक किशोरीमाथि बलात्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालयमा चर्चाको विषय बनेको छ। एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलात्कारमा पुगेर टुंगियो। केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुनःस्थापना केन्द्रमा। प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन्। भूकम्पले दुवैको घर ढल्यो। गाउँमा बस्न नसक्ने भएपछि उनीहरू सपरिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए। पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन्। पीडक १५ वर्षका मात्र छन्। उनी ६ कक्षामा अध्ययनरत छात्र हुन्।

घटना एक महिनाअघिको हो। १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कंदै गर्दा पीडित छात्र गौंडा ढुकेर बसिरहेका थिए। छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरे । घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ गर्‍यो।

‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने। उनका अनुसार केटीले जिस्काएकै कारण बलात्कारको घटना भएको हो। प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.