|

बैतडी : एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरू खुशी हुँदै स्वदेश फर्किएका छन्‌। लामो समय भारतीय क्वारेन्टाइनमा बसेकापनि स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन्।

कोरोनाको त्रासकाबीच जन्मभूमीमा आउन पाउँदा निकै खुसी लागेको बैतडीको पुर्चौंडी नगरपालिका ८ का उत्तम बोहराले बताए। 'विदेशी भूमीको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित छौं,' उनले भने, ‘विपत्ती भोगरे पनि आफ्नै देश फर्कन पाउँदा निकै खुसी लागेको छ।’ 

भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि हजारौं नेपालीहरू भारतीय सीमा क्षेत्रका क्वारेन्टाइनमा बसेका थिए। उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो। जन्मभूमी फर्कन पाउँदा निकै खुसी लागेको डिलाशैनी गाउँपालिका वडा नं ६ रमेशराम ओडले बताए। मातृभूमीमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे।

बैतडीको पुर्चौैंडी नगरपालिका ८ का विरेन्द्र पाठकले पनि भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। उनले भने, 'विदेशीभूमीमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ।’ 

झुलाघाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन्। झुलाघाट नाकाबाट मात्रै बैतडीका मात्रै ७९० जना फर्किएका थिए। झुलाघाट नाका पारी गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए। 

क्वारेन्टाइन अनुगमन तीव्र

सीमावर्ती भारतीय क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किएपछि बैतडीका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमनमा तीव्रता दिइएको छ। गत बिहीबार भारतबाट फर्केका नागरिकहरु क्वारेन्टाइनमा बसिरहेकाले क्वारेन्टाइनको अवस्थाका बारेमा जानकारी लिनका सबै ठाउँमा अनुगमन गर्न थालिएको हो। 

अहिलेसम्म सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा क्वारेन्टाइन अनुगमन गरिएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने, ‘क्वारेन्टाइन कार्यविधिअनुसार पालिकाहरुले निर्माण गरेका क्वारेन्टाइन अनुगमन गरी अपुग भएका ठाउँमा सुधारका लागि सुझाव दिइएको छ।’ 

समितिले दशरथचन्द नगरपालिकाको क्वारेन्टाइनमा केही सुधार गर्न निर्देशन दिएको र अन्य पालिकाका क्वारेन्टाइनमा राम्रा रहेका जनाएको छ। गत बिहीबार सीमानाका झुलाघाट हुँदै एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.