|

काठमाडाैं : महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणको जाहेरी दर्ता भएको छ। नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध समाजवादी पार्टीका सांसद अपहरणको जाहेरी दर्ता भएको हो। 

समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा १०४७ नम्बरमा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। 

केही दिनअघि उनै यादवले दिएको जाहेरी नलिएको सरकारी वकिलको कार्यालय आज सोमबार भने जाहेरी लिएको हो। महानगरिय प्रहरी परिसर र सरकारी वकिलको कार्यालयले जाहेरी नलिएपछि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए।

उनै यादवको काउन्टरमा आज बस्नेत, श्रेष्ठ र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन्। वैशाख १८ गते समाजवादी पार्टीका सांसद यादवले मानव अधिकार आयोगमा बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएपछि उनीहरूले पनि अपहरण नगरेको भन्दै आज सोमबार आयोगमै उजुरी दिएका हुन्।  

सांसद यादवलाई गत वैशाख १० गते नेकपाका सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी प्रमुख खनालले महोत्तरी पुगेर काठमाडौं ल्याएका थिए।  समाजवादी पार्टी र यादवले उनलाई अपहरण गरेर काठमाडौँ ल्याएको बताउँदै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.