|

  • चिरञ्जिबी घिमिरे

झापा : नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले स्थानीय निकाय जनप्रतिनिधिविहिन हुँदा कर्मचारीलेमात्र जनताले चाहेजस्तो सेवा दिन नसकिरहेको बताएका छन्। झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को बजेट सर्वजनिक गर्न बुधबार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले जनतालाई छिटो-छरितो सेवा दिन तत्काल स्थानीय तहको निर्वाचन गरी जनप्रतिनिधिहरु चुन्नु पर्ने बताए। 

‘जनप्रतिनिधिविहिन बन्दा पनि कर्मचारीले नै उत्कृष्ट काम गरेका छन्, तर सबै काम कर्मचारीले नै गर्नुपर्दा केही असहज त छ नै,' सुवेदीले भने, 'त्यसैले पनि अब तत्काल स्थानीय निर्वाचन हुनुपर्छ।'

सो अवसरमा आर्थिक वर्ष २०७४/०७५ का लागि दमक नगरपालिकाको २८ करोड ९९ लाख ३८ हजार रुपैँया बराबरको बजेट सार्वजनिक गरियो। त्यसमध्ये आन्तरिक स्रोततर्फ ७ करोड ९१ लाख र बाह्य स्रोततर्फ २१ करोड ८ लाख ११ हजार ५ सय रुपैयाँ रहेको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिए। यसमा ८ करोड रुपैयाँ सामाजिक सुरक्षा, ३ करोड ८९ लाख ५५ हजार प्रशासनिक खर्च र १७ करोड ९ लाख ८३ हजार विकास निर्माणमा खर्चिने उनले बताए।

कार्यक्रममा नगरको विकासमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.