|

काठमाडौं : तराईका जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिन थालेपछि सरकारले राजधानी भित्रिने मुख्य नाकाहरूमा  थप कडाइ गर्न थालेको छ। सरकारले अत्यावश्यकबाहेक सवारी पास लिएकाहरुलाई समेत राजधानी प्रवेश गर्न नदिने नीति लिँदै आज (बुधबार) बाट धेरैलाई उपत्यका प्रवेश गर्न नदिई फर्काउन थालेको छ।

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ। यसअघि पास बनाएपछि निर्वाधरूपमा सवारी भित्रने गरेका थिए। अब भने पास लिएका गाडीलाई समेत चेकजाँच गरेर धमाधम फर्काउन थालिएको छ।

उपत्‍यका भित्रिने थानकोट नाकामा गरिएको सवारी जाँचको केही दृश्‍य झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.