|

काठमाडौं :  गायक विनोद बानियाँले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नि’ गीत सार्वजनिक भएको छ। आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर युट्युब च्यानलमार्फत रिलिज गरेको उक्त गीतमा बानियाँले स्वर भरेका छन्।

गीतमा संगीत विवि अनुरागीको रहेको छ। यस्तै, शब्द राजकुमार बगरको रहेको छ भने गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार पारेका हुन्। गीतमा विभोर पोखरेलको निर्देशन रहेको छ भने प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय रहेको छ।

यसअघि बानियाँको मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन्। उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका छन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.