|

एजेन्सी : अहिलेसम्म एकैपटक ८ किलोमिटर पनि नदौडिएका इङ्ग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स स्वास्थ्यकर्मीका लागि हाफ म्याराथन दौडिने भएका छन्। 

यसअघि विकेटकिपर ब्याट्समयान जोस बटलरले कोरोनाविरुद्ध लड्नका लागि आफुले विश्‍वकप उपाधि जित्दा लगाएको जर्सी लिलामी गर्दै ६५ हजार पाउन्ड योगदान
गरेका थिए।

स्टोक्सले इन्स्टग्राममा एक भिडियो सन्देश पोस्ट गर्दै भने ‘क्रिकेट गार्डन म्यारथन टिम’ सँग जोडिएका तीन ब्यक्तिबाट प्रभावित भएर यो काम गर्न लागेको छु। यी तीनजनाले घरपछाडिको बगैंचामा दौडिएका थिए। यस्तोमा उनले हेल्थ सर्भिस तथा चान्स टु साइन फाउन्डेशनका लागि फन्ड जम्मा गर्न लागिएको हो।

स्टोक्सले आफ्नो प्रयासले मानिसहरुमा सकरात्मक ऊर्जा मिल्ने विश्‍वास गरेका छन्। उनले भने, ‘म पहिलाबाटै हाफ म्याराथन दौडन चाहान्थे, तर कहिले पनि मौका मिलेन। फेरि देशमा लकडाउन छ। त्यसैले मैले सोचे केही गरुँ, जसले मानिसमा केहि सहयोग मिलोस्।’ 

यद्यपि स्टोक्सले आफुले ८ किलोमिटर भन्दा लामो दौड कहिले पनि नदौडिएको बताए। जबकी हाफ म्याराथन २१ किलोमिटरको हुने गर्दछ। 'मलाई विश्‍वासस छ, यसमा सबैको सहयोग मिल्ने छ', उनले भनेका छन्। कोभिड १९ का कारण अहिले इंग्ल्यान्डमा मानिसहरुको मृत्युदर उल्लेख्य बढिरहेको छ। हालसम्म ज्यान गुमाउनेको संख्या २९ हजार ३१५ हजार पुगिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.