|

काठमाडौं : दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो।

अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ।

चलचित्रमा स्वस्तिमा र केकी दिदी-बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि क्न विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्‍ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्।  कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.