|

सिन्धुपाल्चोक : जिल्लाको बासखर्कमा बुधबार दिउसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बासखर्क ६ का ३० बर्षिय नेमाज्ञाल्मो बोम्जन रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङगानाले जानकारी दिए।

ढुङगानाका अनुसार विद्युतको मेन लाईनको ११ हजार भोल्टको करेन्ट सट हुँदा करेन्ट लागेर बोम्जनको मृत्यु भएको हो। मृतकको शवलाई पोष्र्टमाटमका लागि मेलम्चीमा ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.