|

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या ९९ नै रहेको जानकारी दिइएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ५१ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको देवकोटाले जानकारी दिए। बिहीबार संघीय संसदका सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार भेटिएका १७ जनासहित नेपालमा ९९ जना कोरोना संक्रमित रहेको बताएका छन्। उनका अनुसार ती सबै संक्रमितको अवस्था सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.