|

एजेन्सी : अष्ट्रेलियन क्रिकेट बोर्डले यस महिनाको अन्त्यबाट प्रि-सिजन शुरु गर्ने भएको छ। कोरोना भाईरसका कारण अष्ट्रेलियामा सबै प्रकारको क्रिकेट गतिविधिहरु हाल ठप्प छन्। 

क्रिकेट अष्ट्रेलियाले सरकारको स्वास्थ्य सेवा विभागको नियम पालना गरी मे महिनाको अन्तिमबाट प्रि-सिजन प्रशिक्षणको थालनी गर्ने भएको हो। अष्ट्रेलियामा गत मार्चदेखि कोरोना महामारी प्रभावका कारण घरेलु देखि अन्तराष्ट्रिय क्रिकेटहरु रोक्किएको छ। 

क्रिकेट अष्ट्रेलियाले क्रिकेटको माहोल उठाउन प्रि-सिजन गर्ने तयारी गरिरहेको हो। क्रिकेट अष्ट्रेलियाका स्वास्थ्य प्रमुख डाक्टर जोन ओर्चाड र खेलुकद विज्ञान संकायका प्रमुख एलेक्स कोनटोरिससँग प्रि-सिजन शरु गर्न आवश्यक शतर्कताको विषयमा योजना तयार गर्न छलफल गरिरहेको छ। 

दुवैजना प्रमुखहरु क्रिकेट शुरु गर्ने विषयमा सरकार र आईसीसीसँगको समन्वयमा मिलेर योजनाहरु बनाइरहेको क्रिकेट अष्ट्रेलियालो जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.