|

काठमाडौं : नेपालमा कोरोना महामारी रोकथाम गर्न लकडाउन कार्यान्वयनमा आएको आज ४६औं दिन हो। अहिलेसम्म देशभर कोरोना भाइरसबाट संक्रमित १०१ जना पहिचान भएका छन्। जसमध्ये नेपालगञ्जमा सबै भन्दा बढी २३ जना संक्रमित भेटिएका छन्‌।

धार्मिक यात्रा जमातीमा हिँडेका तीर्थयात्रीहरू संक्रमित भएको पाइएपछि अहिले इन्टरनेट सामाजिक सञ्जालमा मुसलमान समुदायमाथि केही मानिस र समूहले लान्छना लगाइरहेका छन्।

पर्सा र उदयपुरका मस्जिदमा बसेकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि विदेशी जमातीहरुलाई मस्जिदमा लुकाइएको भनिएको छ। यो आरोपलाई मुस्लिम समुदायले कसरी हेरिरहेको छ? के आरोपहरू सत्य हुन्‌? धार्मिक सभा/समारोहमा मानिसहरू जमघट हुँदा देखिएको समस्या सम्बोधन गर्न मुस्लिम आयोगले के गरिरहेको छ? आयोगका अध्यक्ष सामिम मियाँ अन्सारीसँग थाहाकर्मी राजु पौडेलले यसबारे गरेका कुराकानी :

कोरोना संक्रमणलाई मुस्लिम समुदायसँग जोडेर भइरहेका हल्ला तथा समाचारलाई कसरी हेरिरहनु भएको छ?

सामाजिक सञ्‍जाल र केही व्यक्तिहरुबाट मुस्लिम समुदायप्रति अफवाह फैलाइएको छ। यो आफैँमा दु:खदं‌ कुरा हो। मुस्लिम समुदायले यो देशको हरेक राजनितिक परिवर्तनमा अहम भूमिका खेलेको छ। सदैव देशप्रति इमान्दारीता देखाएको छ। राष्ट्रप्रति कहिल्यै बेइमानी गरेको छैन।

नेपालको इतिहासमा आजसम्म कुनै पनि धर्मप्रति आस्था राख्ने व्यक्तिले अर्को धर्ममा आस्था राख्नेलाई सम्मान गरेको छ। तर, मुस्लिम समुदायमाथि निरन्तर अफवाह फैलाइएकोप्रति हामी चिन्तीत छौं।

मुस्लिम समुदायमाथि नै यस्तो अफवाह फैलाउने काम किन गरियो झैं लाग्छ?

यतिखेर हरेक समुदाय मिलेर कोरोना महामारीविरुद्ध लड्नुपर्छ। देश र पूरै विश्व संकटमा रहेका बेला विभिन्न व्यक्तिले जात र धर्मका विषय ल्याएर अफवाह फैलाउने कोशिस गरिरहेका छन्‌। यो गलत छ। जातीयताको कुरा उठाएर द्वन्द्व निम्तयाउन खोजिएको छ।

कोरोना पहिलोपटक चीनमा देखियो। युरोप र अमेरिकासम्मलाई यसले दपेटिरहेको छ। यदि मुसलमानले नै कोरोना फैलाएका हुन भने सबैभन्दा पहिले त मुसलमानको मृत्यु हुनुपर्ने हो। नेपालमा पनि विदेशबाट आएका मानिसहरूबाट कोरोना फैलिएको पुष्टि भइसकेको छ, मुस्लिम समुदायबाट होइन।

नेपालको अभूतपूर्व सामाजिक/धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने सोच बनाएर केही व्यक्ति लागिपरेका छन्‌। यसविरुद्ध सिङ्गो देश नै एकजुट हुनुपर्छ भन्ने मलाई लाग्छ। यदी नेपालमा कोरोना ल्याउने व्यक्ति मुसलमान नै हो भने कारबाही हुनुपर्छ। यसमा हामी पनि सहयोग गर्न तयार छौं। होइन भने, कुनै समुदायमाथि अफवाह फैलाउनेमाथि कारबाही हुनुपर्छ।

प्रकोपका बेला द्न्द् निम्त्याउने खेल भइरहेको हो?

हामी मिलेर बसेको समाज हो यो। यहाँ रमदान र ईद आयो अन्य धर्ममा आस्था राख्नेले शुभकामना दिनुहुन्छ। भोजमा सरिक हुने गर्नुहुन्छ। जसरी दशैं-तिहार आउदाँ हामी पनि उहाँहरुकहाँ पुगेर मनाउछौं। अहिलेको यो आपत र संकटको घडीमा अधिकांश मान्छेहरू त्रास र भयमा छन्। यो बेला केही व्यक्तिले हाम्रो मनोविज्ञानमा खेलिरहेका छन्। समाजमा बस्ने हामी सबैले त्यस्ता कुत्सित मनसाय भएकाहरूको पछि लाग्नु न्यायोचित हुँदैन। राज्यले अपनाएको लकडाउनको पूर्ण परिपालना नै अहिलेको आवश्यकता हो।

कोरोना पहिलोपटक चीनमा देखियो। युरोप र अमेरिकासम्मलाई यसले दपेटिरहेको छ। यदि मुसलमानले नै कोरोना फैलाएका हुन भने सबैभन्दा पहिले त मुसलमानको मृत्यु हुनुपर्ने हो। नेपालमा पनि विदेशबाट आएका मानिसहरूबाट कोरोना फैलिएको पुष्टि भइसकेको छ, मुस्लिम समुदायबाट होइन।

तर, मस्जिदमा बसेका मानिसहरू संक्रमित भएको पाइयो, यो समस्या रोक्न मुस्लिम आयोगको भूमिका त हुन्छ नि!

मुस्लिम आयोगले कोरोना संक्रमण सुरू भएपश्चात् सचेत गराउँदै आएको थियो। अहिले जति पनि बिरामी देखिएका छन्, उनीहरू हामीले फैलाएको सचेतनाका कारण नै बाहिर आएका हुन्। केही दिनअघि मुस्लिम आयोगले सर्वपक्षीय छलफल गरेको थियो। केन्द्रमा मेरो अध्यक्षता र जिल्लाहरुमा विभिन्न व्यक्तिको समन्वयमा अनुगमन समितिले लकडाउन पूर्णरुपले पालना गर्ने र मस्जिद र मदरसामा भएका व्यक्तिलाई चेकजाँच गराउने, भीड गर्न बन्द गर्न स्वास्थ्य मन्त्रालय र प्रशासनको सहयोगमा काम गरिरहेका छौं। पछिल्लो पटक बाँकेमा देखिएको संक्रमण पनि हाम्रो अनुगमन टोलीको क्रियाशिलताका कारण बाहिर आएको हो।

जमातीहरुका विषयमा कुनै नौलो र अनौठौ मान्‍नुपर्ने कुरो छैन। ९०-९५ वर्षपहिले तबलिकी जमात सुरू भएको हो। ;लुज फोरम; भएपनि विश्‍वभर यसको ठूलो संगठन छ। हरेक देशका व्यक्ति अर्को देशमा जान सक्छन्। कोही तीन दिनका लागि, कोही ४० दिनका लागि, कोही चार महिनाका लागि या कोही एक वर्षसम्म पनि अर्को देशमा जमात जान्छन्। जमातीहरुले त्यहाँ गएर इस्लामबारे बारेमा प्रवचन दिन्छन्।

 अहिले यो महामारीबाट सिङ्गो मुलुकलाई बचाउन चेतनामुलक अभियान चालू छ। संक्रमण देखिँदैमा कुनै दुर्घटना हुने होइन। सुरूवातमा नै संक्रमण देखिए अन्य व्यक्तिलाई पनि कोरोना नसरोस्‌ भनेर हामीले काम गरिरहेका छौं। यो कुनै एक समुदायको कुरा मात्र होइन। सबै नेपाली जनतामा परीक्षण गर्नुपर्छ। यसकारण यो कुनै व्यक्ति वा समुदायकेन्द्रित नभई सबैले कोरोनामुक्त अभियानमा अगाडी बढ्नुपर्छ। 

कोरोनाको दोहोरो मार मुस्लिम समुदायहरुमा परेको हो?

जमातीहरुका विषयमा कुनै नौलो र अनौठौ मान्‍नुपर्ने कुरो छैन। ९०-९५ वर्षपहिले तबलिकी जमात सुरू भएको हो। ;लुज फोरम; भएपनि विश्‍वभर यसको ठूलो संगठन छ। हरेक देशका व्यक्ति अर्को देशमा जान सक्छन्। कोही तीन दिनका लागि, कोही ४० दिनका लागि, कोही चार महिनाका लागि या कोही एक वर्षसम्म पनि अर्को देशमा जमात जान्छन्। जमातीहरुले त्यहाँ गएर इस्लामबारे बारेमा प्रवचन दिन्छन्।

मुसलमान समुदायभित्र जमाती मान्‍ने पनि हुन्छन् भने कोही नमान्‍ने पनि हुन्छन्। यसमा कोही तबलिकी जमात, कोही दावत-ए-इस्लाम भन्छन्। अहिले कोरोना भाइरसले गर्दा जमात के हो भन्ने कुरा पनि थाहा भयो, यसको वार्षिक रुटिन हुन्छ। त्यही अनुसार उनीहरु हिँड्छन्। जमातीको सम्मेलनबाट को कहाँ जाने भन्‍ने निर्णय हुन्छ। त्यसैअनुसार नेपालका मान्छे भारत, भारतका मान्छे नेपाल बस्‍न जमात जाने हो।

काठमाडौं उपत्यकाका मस्जिद र मदरसामा अनुगमन गर्नु भएको थियो, मुलुकका अन्य क्षेत्रमा कसरी अनुगमन भइरहेको छ?

हामीले काठमाडौं उपत्यकाका मस्जिद र मदरसामा भीडको अनुगमन गर्‍यौं। देशका विभिन्न जिल्लामा रहेका मस्जिद र मदरसामा हाम्रो अनुगमन टोली खटिएको छ। बाँकेमा मुसलमानमाथि कोरोना देखापर्नुको मूख्य कारण नै हाम्रो अनुगमनको प्रतिफल हो।

'तब्लिगी जमात' भनेको कोरोनाका बेला खुलेको संस्था वा समुह होइन। यसमा ९५ वर्ष देखिको इतिहास रहेको छ। यसको मूख्य कार्यालयमा दिल्लीमा रहेको छ। यो विश्वमा लगभग १८० देशमा फैलिएको छ। 'तब्लिग'को अर्थ सिकाउनु हो। 'जमात'को अर्थ समूह हो ।

यदी हामीले अनुगमन गरेर प्रशासनलाई जानकारी नदिएको भए कोरोनाले झन ठूलो रुप लिन सक्थ्यो। हामीले अनुगमन टोली गठन गरी दिनहुँ स्वयंसेवक खटाएका छौं।

कोरोना संक्रमित व्यक्तिहरू लुकेर बसेको पनि पाइयो, कोरोनाको संक्रमण भइरहँदा लुकेर बस्ने कि उपचार खोज्ने?

जमातीहरूलाई लुकेर बसेको भन्ने जुन अफवाह छ। यो आफैँमा झुट हो। अचानक लकडाउन भएपश्चात् सरकारले बाहिर ननिस्किन उर्दी गर्‍यो। जो जहाँ बस्यो-त्यहीँ फस्यो। फसेको मान्छेलाई लुक्यो भन्ने कुरा कति जायज हो? यहाँ कोही पनि लुकेको अवस्था होइन।

यहाँ एक समुदाय मात्र फसेको छैन। मन्दिर, गुम्बामा पनि मान्छे फसेका छन्। उनीहरूलाई त्यहाँ लुकेको हो भनेर भन्नु निरर्थक हो।  

'तब्लिगी जमात'को अर्थ पनि मान्छेहरूले अनेक लगाइरहेका छन्, यसको अर्थ र काम के हुन्?

तब्लिगी जमात भनेको कोरोनाका बेला खुलेको संस्था वा समुह होइन। यसमा ९५ वर्ष देखिको इतिहास रहेको छ। यसको मूख्य कार्यालयमा दिल्लीमा रहेको छ। यो विश्वमा लगभग १८० देशमा फैलिएको छ। 'तब्लिग'को अर्थ सिकाउनु हो। 'जमात'को अर्थ समूह हो ।

अहिलेको १८० जना जमाती अझै पनि नेपालमा फसेका छन्। जसमध्ये १३ जना इण्डोनेसिया, ६० जना पाकिस्तानी र बाँकी भारतीय जमातीहरु हुनुहुन्छ। जो जहाँ हुनुहुन्छ, उहाँहरूलाई क्वारेण्टाइनमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयमा उहाँहरुको विवरण राखिएको छ।

विदेशका जमाती नेपाल आउने र नेपालीहरू विदेशमा जाने प्रचलन रहेको छ। तब्लिगी जमातको वार्षिक कार्ययोजना हुन्छ। वार्षिक कार्ययोजना अनुसार को कुन देशमा जाने भन्ने निर्णय हुन्छ। उहाँहरू १० दिन, ४० दिनसम्म पनि बस्न सक्नुहुन्छ।

उहाँहरूले मुस्लिम समुदायभित्रका व्यक्तिहरूलाई प्रवचन दिने हो। इस्लाम धर्मबारेमा मस्जिदमा नमाज पढ्न आएका व्यक्तिलाई प्रवचन दिने हो। यो राजनितिक विषय होइन। मात्रै नैतिक, धर्म र निष्ठा पढाइन्छ। गलत बाटोमा कोही नहिँडुन् भन्ने नै यसको ध्येय हो। जमातीहरू टुरिष्ट भिसामा आएका हुन्छन्।

नेपालमा अहिले कति संख्यामा जमाती रहेका छन्? उनीहरूको व्यवस्थापन कसरी भएको छ?

विश्वभर रहेका जमातीको संख्या या एकिन तथ्यांक अहिले मसँग छैन। किनभने सबै मुसलमानहरू जमातमा हिँड्दैनन्। उनीहरूको व्यवस्थापन हामीले गर्ने पनि होइन। अहिले प्रकोपका कारण मुस्लिम आयोगले क्रियाशिलता देखाएको मात्र हो। 

हरेक जमातीको हरेक देशमा अगुवा हुन्छन्‌। जसलाई सजिलो भाषामा मुखिया भनिन्छ। नेपालमा अहिले नेपालमा निसारुद्दिन अगुवा हुनुहुन्छ। हरेक जिल्लामा अगुवाको सर्कुलर हुने गर्छ। यसले राज्यसँग कुनै सरोकार राख्दैन। तर, कोरोना संक्रमणपश्चात् सबै जमाती अगुवालाई पनि छलफलमा बोलाएर कति जमाातीहरू नेपालमा छन्, त्यसको तथ्यांक हामीले मागेका थियौं। 

अहिलेको १८० जना जमाती अझै पनि नेपालमा फसेका छन्। जसमध्ये १३ जना इण्डोनेसिया, ६० जना पाकिस्तानी र बाँकी भारतीय जमातीहरु हुनुहुन्छ। जो जहाँ हुनुहुन्छ, उहाँहरूलाई क्वारेण्टाइनमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयमा उहाँहरुको विवरण राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.