|

काठमाडौं : विश्वभर फैलिएको कोरोना महामारीका कारण सर्वाधिक प्रताडित बनेको युरोपका प्रतिष्ठित फुटबल क्लब अहिले चरम घाटामा छन्‌। विश्वचर्चित इंग्लिस प्रिमियर लिग स्थगित छ। उक्त लिगमा प्रतिष्पर्धा गर्ने २० क्लबले प्रतियोगिता नहुँदा कुल १०८२.९ मिलियन पाउन्ड करिब १६ अर्ब ३६ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाएका छन्।

अहिले विश्वका विभिन्न देशमा सरकारले लगाएको प्रतिबन्ध र लकडाउनका कारण खेल गतिविधिमा संलग्न खेलाडीमात्र होइन्, त्यसबाट आउने आम्दानीको ठुलो हिस्सा समेत गुमेको छ। जसका कारण खेलकुद र खेलकुदमा आश्रीत देश, क्लब, खेलाडी, प्रशिक्षक, कर्मचारी, त्यसमा सम्मिलित व्यक्ति सबैको आम्दानीमा असर परेको छ।

करोडौं रुपैयाँ आम्दानी गुमाउँदा धेरै क्बलहरु अहिले दयनीय अवस्थामा पुगेका छन्। उनीहरुले क्लबको आर्थिक अवस्थालाई चलायमान बनाउन खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरुको तलबसमेत कटौती गरिरहेका छन्।

यसको सर्वाधिक बढी सिकार इंग्लिस प्रिमियर लिगका क्लबहरु भएका छन्। विश्वको सबैभन्दा प्रतिष्ठित लिगका रुपमा रहेको इंग्लिस प्रिमिएर लिगमा कुन क्लबले टिभि राइट, टिकट बिक्री तथा अन्य आम्दानीको रुपमा रहेको व्यावसायिक तथा खुद्रा आम्दानीबाट अर्बौं रुपैयाँ गुमाएका छन्। 

१. म्यान्चेस्टर युनाइटेड - ११६.४ मिलियन पाउण्ड

टिभी राइट - ४८ मिलियन
टिकट बिक्री - १७.६ मिलियन
अन्य आम्दानी - ५०.८ मिलियन

२.म्यान्चेस्टर सिटी - १०९.३ मिलियन पाउन्ड

टिभी राइट - ५३.६ मिलियन
टिकट बिक्री - १३.९ मिलियन
अन्य आम्दानी - ४१.७ मिलियन

३. लिभरपुल - १०२.६ मिलियन पाउण्ड

टिभी राइट - ५५.२ मिलियन
टिकट बिक्री - १३.६ मिलियन
अन्य आम्दानी - ३३.८ मिलियन

४. चेल्सी - ९१ मिलियन पाउण्ड

टिभी राइट - ४९.३ मिलियन
टिकट बिक्री - १०.९ मिलियन
अन्य आम्दानी - ३०.९ मिलियन

५. टोटनह्याम हट्सपर - ८३ मिलियन पाउण्ड

टिभी राइट - ४१.९ मिलियन
टिकट बिक्री - १६.८ मिलियन
अन्य आम्दानी - २४.३ मिलियन

६. आर्सनल - ७४.८ मिलियन पाउण्ड

टिभी राइट - ४० मिलियन
टिकट बिक्री - १५.४ मिलियन
अन्य आम्दानी - १९.४ मिलियन

७.लेस्टर सिटी - ५५.६ मिलियन पाउण्ड

टिभी राइट - ४८.५ मिलियन
टिकट बिक्री - २.२ मिलियन
अन्य आम्दानी - ४.९ मिलियन

८.बर्नले - ५० मिलियन पाउण्ड

टिभी राइट - ३५ मिलियन
टिकट बिक्री - २.५ मिलियन
अन्य आम्दानी - १२.५ मिलियन

९ उल्भरह्यम्पटन - ४९.१ मिलियन पाउण्ड

टिभी राइट - ४२.१ मिलियन
टिकट बिक्री - २.२ मिलियन
अन्य आम्दानी - ४.७ मिलियन

१०.एभर्टन - ४२.६ मिलियन पाउण्ड

टिभी राइट - ३२.२ मिलियन 
टिकट बिक्री - ३.२ मिलियन 
अन्य आम्दानी - ७.२ मिलियन

११. शेफिल्ड युनाइटेड - ४१.९ मिलियन पाउण्ड

टिभी राइट - ३८.८ मिलियन
टिकट बिक्री - १.६ मिलियन
अनय आम्दानी - १.५ मिलियन पाउण्ड

१२. न्युकासल युनाइटेड - ४०.३ मिलियन पाउण्ड

टिभी राइट - ३०.४ मिलियन
टिकट बिक्री - ४.८ मिलियन
अन्य आम्दानी - ५.१ मिलियन

१३. वेस्टह्याम युनाइटेड - ३७.४ मिलियन पाउण्ड

टिभी राइट - २४.८ मिलियन
टिकट बिक्री - ६ मिलियन
अन्य आम्दानी - ६.६ मिलियन

१४. क्रिस्टल प्यालेस - ३७.१ मिलियन पाउण्ड

टिभी राइट - ३१.९ मिलियन 
टिकट बिक्री - १.९ मिलियन 
अन्य आम्दानी - ३.३ मिलियन

१५. साउथह्याम्टन - ३२.१ मिलियन

टिभी राइट - २५.८ मिलियन
टिकट बिक्री - ३.२ मिलियन
अन्य आम्दानी - ३.१ मिलियन

१६. ब्राइटन एण्ड होभ अल्बियन - २९.७ मिलियन पाउण्ड

टिभी राइट - २३.९ मिलियन 
टिकट बिक्री - ३.८ मिलियन
अन्य आम्दानी - २ मिलियन

१७. वाटफर्ड - २४.२ मिलियन पाउण्ड

टिभी राइट - २०.२ मिलियन
टिकट बिक्री - १.८ मिलियन
अन्य आम्दानी २.२ मिलियन

१८. एस्टन भिल्ला - २४.२ मिलियन पाउण्ड

टिभी राइट - १७ मिलियन
टिकट बिक्री - २.८ मिलियन
अन्य आम्दानी - ४.४ मिलियन

१९. बर्नमाउथ - २२.१ मिलियन पाउण्ड

टिभी राइट - १८.३ मिलियन
टिकट बिक्री - २ मिलियन
अन्य आम्दानी - १.८ मिलियन

२०. नर्विच सिटी - १९.५ मिलियन पाउण्ड

टिभी राइट - १४.६ मिलियन
टिकट बिक्री - २.४ मिलियन 
अन्य आम्दानी - २.५ मिलियन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.