|

दाङ : तुलसीपुरको रक्षाचौरमा रहेको क्‍वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। 

तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार राति सवा ९ बजे जुम्ल्याहा छोरीलाई जन्म दिएकी तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन जनस्वास्थ निरीक्षक विमल केसीले बताए। आमा र दुबै बच्चा स्वस्थ रहे पनि बच्चाको तौल भने कम भएको उनले बताए। 

एउटाको १.८ केजी र अर्काको १.५ केजी तौल छ। गर्भवती यादव बिहीबारबाट क्‍वारेन्टाइनमा बसेकी थिइन्। भारतको नाका क्षत्रेमा माइती भएकी यादव केही समयअघि माइत गएकी र बिहीबार मात्रै २ दिन हिँडेर घर आएकी थिइन्।

भारतबाट आएको भनी गाउँलेहरुले खबर गरेपछि उनलाई क्‍वारेन्टाइनमा ल्याइएको फोकल पर्सन केसीले बताए।  यादवको आरडिटी रिपोर्ट नेगेटिभ आएको समेत केसीले बताए। यादवलाई शुक्रबार बिहान १२ बजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो। यादवको उपचार सबै खर्च उपमहानगरपालिकाले बेहोर्ने केसीले बताए।

यादवको शरीरमा रगतको मात्र कमी भएकाले रगत चढाउने तयारी भइरहेको उनले बताए। अहिले उनीहरुलाई तुल्सी हस्पिटलमा राखिएको छ। बच्चाले दूध नखाएपछि एनआइसियुमा राखिएको छ। यसअघि यादवका २ छोरी २ छोरा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.