|

भक्तपुर : मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर हाम्रा धार्मिक आस्थाका केन्द्र हुन। बिहान सबेरै भगवानको प्रार्थना, पुजाआजा र दर्शन गरेर दिनको सुरूवात गर्ने हाम्रो संस्कार हो। दिनभर गर्ने कामको सफलताको कामनासहित बिहान भगवानको दर्शन गर्ने हाम्रो परम्परामा विगत डेढ महिनादेखी अल्पविराम लागेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि लकडाउन घोषणा भएसँगै भक्त र भगवानबीचको सम्बन्ध टुटेको छ। सर्वसाधरणले आफ्नो आस्थाको केन्द्रमा गएर पुजापाठ, प्रार्थना गर्न पाएका छैनन्‌। लकडाउनले भगवानहरू समेत मन्दिरभित्रै बन्दीजस्तै बनेका छन्‌।

यसबीचमा भक्तपुरमा बिस्का जात्रा, देवाली पुजालगायतका जात्रा पर्वहरु सम्पन्न भएपनि धुमधामका साथ मनाउन पाइएन। सर्वसाधारण, गुठी, जात्रासमितिहरुले औपचारिक पुजामा सीमित गरेर पर्व मनाएका छन्‌। 

भक्तपुरका मठमन्दिरहरुमा भक्तजनको प्रवेश निषेध गरिएको छ। मन्दिरको मुलद्वारमा छेकबार लगाएर भित्र पस्न नमिल्ने व्यवस्था गरिएको छ। कोरोनाबाट जोगिनका लागि रोकथामका उपाय अबलम्वन गरिएपनि केही भक्तजनहरु भने बिहानै देवीदेवताको दर्शन र पुजाका लागि मन्दिर पुग्ने गरेका छन।

तर उनीहरु मन्दिरको मुलद्वार बाहिरै बसेर दर्शन तथा पुजा गरेर फर्किने गरेका छन्‌।

तस्बिरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.