|

'बुन्डेस लिगा'को तयारीमा रहेको जर्मनीलाई झट्का लाग्ने संकेत देखिएको छ। जर्मनको दोस्रो डिभिजन क्लब  डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि टिमका सबै सदस्यलाई आइसोलेसनमा राखिएको छ।

'बुन्डेश लिगा' र दोस्रो डिभिजनको लिग मे १६ बाट सुरू हुने तय भइसकेको छ। अवरुद्ध लिग सुरू हुनु हप्ता दिनअघि दोस्रो डिभिजनको क्लबका सबै खेलाडी तथा अफिसियल दुई हप्ताका लागि आइसोलेसनमा राखिएसँगै ‘बि’ डिभिजन अन्योलमा परेको छ।

कोरोनाका कारण अहिले विश्वको फुटबल गतिविधि स्थगित छ। युरोपको शीर्ष डिभिजनको क्लब फुटबलसमेत अहिले अबरुद्ध छ। क्लबले कोरोनापछि जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘हामी आगामी दुई हप्ता कुनै अभ्यास पनि गर्दैनौं, कुनै खेल पनि खेल्दैनौं।’  बिहीबार मात्र जर्मन फुटल एसोसिएसनले अबरुद्ध सिजन कडा स्वास्थ्य निगरानीमा सुरू हुने स्पष्ट पारेको छ।

मैदानमा दर्शकलाई प्रतिबन्ध लगाउँदै आवश्यक खेलाडीको कोरोनाको परीक्षण गरिने उल्लेख गरिएको छ। खेलको दौरान स्टेडियममा खेलाडी, स्टाफ, अफिसियल
गरि करिब तीन सय मानिस उपलब्ध हुन सक्नेछन्।

'बुन्डेश लिगा' मार्च १३ बाट अनिश्चित समयका लागि स्थगित गरिएको थियो। क्लबहरु अप्रिलको मध्य समयबाट अभ्यासमा फर्किएका थिए। यद्धपि कोरोना पछिको अबस्था के हुने भन्ने आयोजकले आधिकारीक धारणा सार्वजानिक गरेको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.