|

पर्वत : धार्मिक तथा पर्यटकीय गन्तव्य हिमालपारिको जिल्ला मुस्ताङ यतिबेला सुनसान छ। मुस्ताङमा यतिखेर पर्यटक भित्रिने समय हो। हिउँदमा निकै चिसो हावा चल्ने भएको हुँदा चैतबाट जेठसम्म पर्यटकहरू यहाँ होटल तथा रेस्टुरेन्टमा भरिभराउ हुने गर्थे।

यसबेला पर्यटन तथा होटल व्यवसायीहरूको कमाइ निकै राम्रो हुनेगथ्र्यो। तर विश्वव्यापी कोरोना भाइरसको असर र लकडाउनका कारण मुस्ताङ शान्त छ।अवलोकन, कर्मकाण्ड र तीर्थालुजस्ता दैनिक सयौँ पर्यटक पुग्ने तीर्थस्थल मुक्तिनाथ मन्दिर तथा गुम्बाहरूमा पर्यटक छैनन्।

लकडाउन सुरु हुनुभन्दा पहिले केही पर्यटक यहीँ अड्किएका छन्। उनीहरु होटलभित्रै थुनिएर बसेका छन्। कोरोना भाइरसका कारण आर्थिक कारोबारको मुख्य समयका रूपमा लिइने यो समयमा व्यापार व्यवसाय नै चौपट भएको पर्यटन अभियन्ता नीरज थकालीले बताए। 

‘पैसा कमाउने भनेको चैत, वैशाख र असोज कार्तिक नै हो। त्यस बाहेकको समय त सधैँ सुनसान जस्तै हो। यही बेलामा पनि अफसिजन जस्तै सुनसानबन्दा सबै चिन्तित छन्,’ थकाली भन्छन्, ‘भ्रमण वर्षको अवसरमा मुस्ताङका होटेल तथा पर्यटन व्यवसायीहरूले धेरै लगानी गरेका थिए। अहिले भाडा तिर्न पनि नसक्ने अवस्था आएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.