|

ल्याटिन अमेरिकी देश बोलिभियामा 'सलह'को प्रकोप बढेपछि संकटकाल घोषणा गरिएको छ। केही हप्ता पहिले सान्ता क्रुजको पूर्वी क्षेत्रका खेतमा सलहको ठूलो समूह देखिएको थियो। तत्कालै पूरै क्षेत्रमा आक्रमण गरी घाँसे मैदान, मकै र जौ खेतीमा क्षति पुर्‍याएपछि सरकारले संकटकाल घोषणा गरेको हो।

सान्ता क्रुज बोलिभियाको खाद्यान्न तथा मासु उत्पादनको प्रमुख क्षेत्र हो। अहिलेसम्म सलहका कारण १ हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको अन्नबाली नोक्सान भएको कृषि अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

राष्ट्रपति ईभो मोरालेसले सलह नियन्त्रणका लागि ७ लाख डलरको अतिरिक्त रकमसहित आपत्कालीन योजना सार्वजनिक गरेका छन्। यो योजनाअन्तर्गत धुँवा लगाएर सलहलाई धपाइनेछ। प्रभावित क्षेत्रमा ५ सय मिटरको घेरा बनाई धुनी बालेर धुँवा फैलाउने र त्यसको असरले सलह नियन्त्रणमा आउने कृषि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.