|

काठमाडौं : भारतमा तेस्रो चरणको लकडाउन यही मे १८ मा सकिँदैछ। अबको पाँच दिनमा तेस्रो चरणको लकडाउन सकिन लागेको हो। यस्तो अवस्थामा मंगलबार राति राष्ट्रवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटसँग जुध्न लकडाउन अझै लम्ब्याउने घोषणा गरेका हुन्। 

उनले देशमा लकडाउन ५४ औँ दिनमा चलिहरँदा राष्ट्रबासीका नाममा पाँचौं सम्बोधन गरेका हुन्। ३३ मिनेट लामो सम्बोधनका क्रममा मोदीले देशमा २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज पनि घोषणा गरे। 

मोदीले राष्ट्रका नाममा ३३ मिनेट लामो सम्बोधन गर्दै भने, '१८ मेदेखि लकडाउन ४ सुरु हुन्छ। लकडाउ-४ नयाँ रुपरंग र नयाँ नियमसहितको हुनेछ।' मोदीले अबको लकडाउन राज्य सरकारसँग परामर्शपछि नयाँ नियमका साथ लागू हुने बताएका छन्।

भारतमा मंगलबार रातिसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ७५ हजार ५९३ पुगेको छ। त्यहाँ हालसम्म २ हजार ३ सय ३१ जनाले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.