नेपाल प्रहरी पनि लगिँदै

|

दार्चुला : सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रूतर्फ उडेका छन्‌। 

सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति  बिष्ट छाङ्‌रु गएका हुन्। सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्‌रु गएको हो।

पौने एक बजे पहिलो पटक उडेको हेलिकोप्टरले दोस्रो पटक सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान लैजाने छ। ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर ६ महिनाका लागि सशस्त्र प्रहरी बल छाङ्‌रुस्थित स्थानीयको घरमा भाडामा बस्ने छ।

सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीका नौ जना समेत छाङ्‌रु जानेछन्। सितापुल चौकीका नौ जना हेलिकोप्टरबाटर तीन जना सोही चौकीका लागि व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ प्रहरी चौकीबाट हिँडिसकेको प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिएका छन्‌। ‘हामी तिंकर प्रहरी चौकीका नौ जनालाई पनि पठाउने तयारीमा छौं। भोलि सम्भवतः उनीहरुलाई पनि तिंकर पठाउने छौं,’ डिएसपी बिष्टले भने।

व्यासको छाङरुमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिँदैछ। छाङरुमा सशस्त्र प्रहरी चौकी स्थापना गर्न एआइजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई दार्चुला पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.