|

'अब सिङ्गो विश्व नै एउटा गाउँ हुँदैछ।'

विज्ञान प्रविधिमा भएको उत्पात विकासको अनुहार देखेर सकारात्मक मनका मानिसहरु यस्तो निष्कर्ष निकालेर खुशी हुन्छन्। तर वर्तमान विश्वको अनुहार त्यस्तो छैन। निकट भविष्यमा हुनेवाला पनि छैन। पछिल्लो समयमा, सबैतिर सामूहिकताका अवयवहरु ध्वस्त हुँदैछन्। दुबै गोलार्धमा चरम व्यक्तिवाद लगातार बढिरहेको छ। यो व्यक्तिवाद व्यक्तिको हो, बलशाली समुदाय र शक्तिशाली राष्ट्रको हो। अर्थात् यो विश्वव्यापी परिघटना हो।

अमेरिकामा व्यक्तिवादी सङ्किर्णता यसरी हुर्किएला भनेर आजभन्दा बीस वर्ष अगाडि कसले सोचेको थियो होला? भन्थे सबैजना– अमेरिका आप्रवासीको महादेश हो। तर त्यहाँ आप्रवासन विरोधी विचारका प्रवक्ताले राष्ट्रपतिको चुनाव जिते। आप्रवासन नीतिको विरुद्धमा चुनावी अभियान सन्चालन गरेर नै उनी राष्ट्रपति भए। सबै आप्रवासी फर्कि जाउ भन्ने परिचय बोकेका ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जित्छन् भनेर कसैले विश्वास गरेका थिएनन्। उनको विपक्षमा जबरजस्त लहर उठेको कुरो पढिन्थ्यो समाचारहरुमा। तर अमेरिकाका अप्रावासीहरुको बहुमतले ट्रम्पलाई नै विजयको माला पहिर्‍यायो। मतदाताले आफ्नो खुट्टामा बन्चरो हाने भनेर मन बहलाउन त सकिएला। तर यो एक्काइसौं शताब्दीको भयावह तस्वीर हो।

बीसौं शताब्दीमा शक्तिशाली अभियान थियो असङ्लग्न आन्दोलन। शीतयुद्धको मारमा परेको विश्वमा, साना र गरीब मुलुकले असङ्लग्न आन्दोलनको मलम पाएका थिए। तर वैश्विक पुँजीवादी क्रुरताको शिकार भयो त्यो असङ्लग्न आन्दोलन। पुँजीवादी क्रुरता एक्काइसौं शताब्दीको आरम्भदेखि नै बढ्न थाल्यो। सोभियत संघको विघटन पश्चात एकध्रुवीय विश्वको हल्ला चल्यो। अमेरिकी अतिचार चरमचुलीमा पुग्यो। मध्यपूर्वको विनाशलिला यही अतिचारको अभिव्यक्ति थियो। मध्यपूर्वका राष्ट्रहरुको सम्पदा, सम्पत्ति र समृद्ध सभ्यता निकट भविष्यमा पुनर्जिवित हुने संभावना अहिले कतै देखिएको छैन। एकध्रुवीय विश्वको एउटा गम्भीर परिणाम हो मध्यपूर्वको विनाश।

अमेरिकामा व्यक्तिवादी सङ्किर्णता यसरी हुर्किएला भनेर आजभन्दा बीस वर्ष अगाडि कसले सोचेको थियो होला? भन्थे सबैजना– अमेरिका आप्रवासीको महादेश हो। तर त्यहाँ आप्रवासन विरोधी विचारका प्रवक्ताले राष्ट्रपतिको चुनाव जिते। आप्रवासन नीतिको विरुद्धमा चुनावी अभियान सन्चालन गरेर नै उनी राष्ट्रपति भए। सबै आप्रवासी फर्कि जाउ भन्ने परिचय बोकेका ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जित्छन् भनेर कसैले विश्वास गरेका थिएनन्। उनको विपक्षमा जबरजस्त लहर उठेको कुरो पढिन्थ्यो समाचारहरुमा। तर अमेरिकाका अप्रावासीहरुको बहुमतले ट्रम्पलाई नै विजयको माला पहिर्‍यायो। मतदाताले आफ्नो खुट्टामा बन्चरो हाने भनेर मन बहलाउन त सकिएला। तर यो एक्काइसौं शताब्दीको भयावह तस्वीर हो। निजात्मकता बलियो भएको प्रमाण हो। यतिमात्र होइन, राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति हुनासाथ पहिलो प्रहार यही आप्रवासन नीतिमाथि गरे। कसैलाई अमेरिका प्रवेश निषेधको घोषणा गरे, कसैलाई तँ निस्केर गैहाल पनि भने, अमेरिकामा बसाईं सराईको सङ्ख्या घटाउने घोषणा पनि गरे। जनमतले उनको गैरकानुनी निर्णयलाई साथ दियो। अदालतले ट्रम्प सरकारको निर्णयलाई गैरकानुनी भयो भनेर फैसला सुनाउनु एउटा कुरा हो, तर अमेरिकमा हुर्किएको कथित राष्ट्रवाद अर्कै कुरा हो।

यसभन्दा अगाडि युरोपेली युनियनमा रहने कि निस्कने भनी गरिएको बेलायतको जनमत सङ्ग्रहमा निस्कने मतले जित्यो। यो ब्रेक्जिट पनि निजत्वको नमूना थियो। संसारमा कहिल्यै घाम नअस्ताउने साम्राज्यको हिङ बाँधेको टालो अहिले पनि बेलायतका गोराहरुमा छ। उनीहरु आफूलाई बाँकी युरोप भन्दा विशिष्ठ ठान्छन्। तर आजको आर्थिक अवस्थामा उनीहरुको त्यो हिङ बाँधेको टालोमा कुनै बास्ना छैन। अभावले उनीहरुलाई साघुरो बनायो। हामीले अरुलाई किन पाल्ने भन्ने प्रश्नको उत्तर पनि हो ब्रेक्जिट।

अमेरिका र बेलायतजस्ता मुलुकहरु नै निजात्मक चेतमा गैसकेपछि अरु मुलुकको त चर्चा गर्नै परेन। दक्षिण एशिया विश्वको सन्दर्भमा युरोप, अमेरिका भन्दा पछौटे चेतना भएको क्षेत्र हो। केही व्यक्ति खरबपति हुँदैमा मुलुक सम्पन्न हुँदैन। भारतमा नवधनाड्यको सङ्ख्या ठूलै छ। तर रोग, अशिक्षा, छुवाछुत जस्ता सामन्ती संस्कार अहिले पनि भारतको मूल परिचय हो। अमेरिकामा गोलीबारी, नेपालमा सडक दुर्घटना जत्तिकै बाक्लो छ भारतमा किसानहरुको आत्महत्या।

यो क्षेत्रलाई मैत्री र सद्‍भावको सुत्रमा बाँध्ने सपना नेपाल र बाङ्लादेशका तत्कालीन राष्ट्रप्रमुखको पहलमा भएको थियो। नेपाली चित्रकारको प्रतीक चिन्हमा आवद्ध गरिएको ‘सार्क’ अहिले सङ्कटमा परेको छ। पाकिस्तानमा आयोजना हुने सार्कमा आफूले भाग नलिने घोषणा गरेर भारत सरकारले सार्क बडापत्रको निषेध गर्‍यो। अरु राष्ट्रले भारतलाई सिधै चुनौती दिन सक्दैनन् दक्षिण एशियामा। तर बेलायतीहरुले जाँदा जाँदै पुरानो इण्डियालाई ज्योमेट्रीको सरल रेखा तानेर स्थायी अशान्तिको पाकिस्तान निर्माण गरिदिएको हो। अब भारतमा हुने सार्क सम्मेलनमा पाकिस्तानले भाग लिँदैन।

तर भारतका नेताहरु आफूलाई विशिष्ट प्राणी ठान्छन् र उनीहरुका निर्णय अनुसार नै भारत चल्नु पर्छ भन्ने पछौटे चेतनाको प्रतिनिधित्व गर्छन्। यति मात्र होइन, उनीहरु सिङ्गो दक्षिण एशिया नै हाम्रो उपनिवेश हो भन्ने पूर्वबेलायती चेतनाको प्रतिनिधित्व गर्छन्। दक्षिण एशियामा भारत आफूलाई सबैको प्रभु ठान्छ। उसले भनेको माने सबै ठीक। उसको भनेको नमान्ने जति सबै बेठीक। यो भारतीय चेतना हो। नेपाल र भारतबीचको सम्बन्ध दक्षिण एशियाकै विशिष्ठ प्रकृतिको सम्बन्ध हो। भारतीय नेताले भनेजस्तो यो रोटी–बेटीको सबन्ध होइन। यो हो औपनिवेशिक चेतना र त्यस विरुद्धको सङ्घर्ष। पृथ्वीनारायण शाहको ‘दक्षिणको वादसाह महाचतुर छ’ भन्ने होशियारीपूर्ण निष्कर्ष अहिले पनि जस्ताको तस्तै छ। स्वाधीनताको सत्तरी वर्षपछि पनि भारतमा बेलायती उपविवेशवाद टाँसिएको छ भने अहिलेसम्मको नेपाल, दक्षिणको वादशाह महाचतुर छ भन्ने सशङ्कित चेतनामै बाँचेको छ।

नेपाल त पराई भयो रे। दक्षिण एशियामा साँच्चैको रोटीबेटीको सम्बन्ध त पाकिस्तान र बाङ्लादेशसँगै थियो र अहिले पनि छ। दुई सय पचास रजौटालाई एकीकरण गरेर इण्डियाको निर्माण गर्ने बेलायतीहरुकै चेतनाको निरन्तरता छ अहिलेको दिल्लीमा पनि। पाकिस्तान र बाङ्लादेशसँग पनि आवागमनको अवस्था नेपालको जस्तै हुन्थ्यो भने को पाकिस्तानी, को बाङ्लादेशी अनि को इण्डियन भनेर छुट्याउनै सकिँदैन थियो। त्यहाँ एउटा हजुर बाका सन्तान कृतिम सीमारेखा मार्फत दुईतिर बाँडिएका थिए।

यो क्षेत्रलाई मैत्री र सद्‍भावको सुत्रमा बाँध्ने सपना नेपाल र बाङ्लादेशका तत्कालीन राष्ट्रप्रमुखको पहलमा भएको थियो। नेपाली चित्रकारको प्रतीक चिन्हमा आवद्ध गरिएको ‘सार्क’ अहिले सङ्कटमा परेको छ। पाकिस्तानमा आयोजना हुने सार्कमा आफूले भाग नलिने घोषणा गरेर भारत सरकारले सार्क बडापत्रको निषेध गर्‍यो। अरु राष्ट्रले भारतलाई सिधै चुनौती दिन सक्दैनन् दक्षिण एशियामा। तर बेलायतीहरुले जाँदा जाँदै पुरानो इण्डियालाई ज्योमेट्रीको सरल रेखा तानेर स्थायी अशान्तिको पाकिस्तान निर्माण गरिदिएको हो। अब भारतमा हुने सार्क सम्मेलनमा पाकिस्तानले भाग लिँदैन।

अनि के हुन्छ सार्क ? अहिले विश्वव्यापी रुपमै फणा उठाएर फुँ फुँ गरिरहेको राष्ट्रवादमा हिन्दुवादको झण्डा बोकेको मोदी सरकार झण्डै झण्डै अमेरिकी राष्ट्रपति ट्रम्पको चेतनामा हिँडी रहेको छ। यस्तो अवस्थामा सार्कका अरु राष्ट्रले यात त्वम् शरणम् गर्नुपर्छ या सार्क सम्मेलनमा भाग नलिएर आफ्नो असहमति जाहेर गर्नुपर्छ ।

यस्तो अवस्थामा, त्रिदेवी मार्गमा चिन्तित मन र अँध्यारो अनुहार लगाएर उभिइरहेको सार्क सचिवालयलाई सहानुभूति बाहेक अरु के दिन सकिन्छ र !

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.