|

पर्सा  : पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट दिउँसो भागेका २ जना कोरोना संक्रमितलाई पक्राउ परेका छन्। आइसोलेसन वार्डबाट फरार दुवैलाई अस्पतालमा ल्याउने काम भइरहेको पर्साका सहायक सिडिओ ललित बस्नेतले बताए। 

ती दुवै वीरगन्ज महानगरको नगवा र छपकैयाका स्थायीय पुरुष हुन्। भागको चार पाँच घण्टापछि नियन्त्रणमा लिन सफल भएको कोभिड १९ कमान्ड पोस्ट पर्साका सदस्यसचिव समेत रहेका बस्नेतले बताए। 

फरार दुवै संक्रमित सुरुमा आ–आफ्नो घरमा पुगेका र त्यहाँ घरका सदस्यले पनि किन आएको उतै बस भनी सुझाव दिएपछि मोबाइल त्यहीँ फालेर अन्यत्र जान थालेपछि सुरक्षाकर्मीले फेला पारेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.