|
फोटो : 'पेन डाउन' गरेर कार्यालय परिसरमा घाम ताप्दै कर्मचारी

उदयपुर : आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले बिहीबार एक घण्टा '‘पेन डाउन’गरेका छन्। सेवाग्राहीको कामलाई बेवास्ता गर्दै उदयपुरका कर्मचारी कार्यकक्ष छाडरे बाहिर निस्के।

‘आजबाट आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ,’ जिल्ला विकास समितिका आन्तरिक लेखा परिक्षण प्रमुख तथा स्थानीय निकाय कर्मचारी संघ एक नम्बर प्रदेशका सह–सचिव एकबहादुर राउतले भने, ‘आगमी १० दिनसम्म एक घण्टा सेवाग्रहीको कुनै काम गर्ने छैनौं।’

सरकारले आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे निरन्तर आन्दोलन नगर्ने चेतावनी उनले दिए। अब बन्‍ने स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्दा स्थानीय निकायका कर्मचारीलाई पनि प्रदेश स्तरीय कर्मचारीको दरबन्दी कायम गर्नु पर्ने, स्थानीय निकायका कर्मचारीलाई पनि निजामति सो सरह अधिकार प्राप्तीको दिनुपर्ने लगायतका माग राखेर कर्मचारीहरुले माघ १९ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। 

उनीहरुले २७ गते बिहीबार दिनको एक घण्टा धर्ना तथा पेन डाउन गर्ने, २८ गते शुक्रबार दिनको ३ घण्टा कार्यालयमा धर्नासहित 'पेन डाउन' गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.