|

काठमाडौं : ई–सेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ। जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ई-सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

योसँगै अब जापानमा रहेका नेपालीहरुले ई-सेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन्। आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए।

‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहेका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ’, उनले भने, ‘अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको छ। डिजिटल माध्यमबाट नै आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ।’

ई–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उदेश्य रहेको कम्पनीको भनाई छ । ई–सेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.