|

सोलुखुम्बु : जातीय विभेदको आरोपमा सोलुखुम्बुमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा स्थानीय संगीता राई पक्राउ परेकी हुन्। 

जिल्ला अदालत सोलुखुम्बुको आदेशअनुसार बुधबार ३१ वर्षीया राईलाई पक्राउ गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। 

तिङलाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा संगीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मीनबहादुरले दिएकाे जाहेरीमा ‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुंगाले हिर्काउँदै लखेटेको’ उल्लेख गरिएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.